spot_img

न्याय नपाएसम्म चुनावमा सहभागी हुने छैनौं : सुदन गुरुङ

spot_img
spot_img

काठमाडौँ,२७ कातिक । जेनजी आन्दोलनका प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले आन्दोलनका माग पूरा गर्न असफल भएको आरोप लगाउँदै न्याय नपाएसम्म आगामी निर्वाचनमा भाग नलिने घोषणा गरेका छन्।

बिहीबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा गुरुङले भने, “हामी चुनावमा जाँदैनौं। धेरै शहीद र घाइते भएका छन्, उनीहरूको माग पूरा हुनुपर्छ। गृहमन्त्री अर्याले हाम्रो विश्वासमा धोका दिनुभयो। अहिले आएर चुनावको मात्र लक्ष्य राख्नु गलत हो।”

उनले स्पष्ट पारे, जेनजी आन्दोलनले न्याय पाउने र घाइते तथा शहीदका परिवारको माग सम्बोधन हुनेबिना चुनावमा भाग नलिने प्रतिवद्धता राखेको छ। गुरुङले सरकारको गलत व्याख्या निर्माण हुनु गैरजिम्मेवार भएको पनि बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय