जनकपुर,२७ कातिक । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशलाई स्वायत्त प्रदेश घोषणा गर्न माग गर्दै सप्तरीमा बिहीबार प्रदर्शन गरेको छ।
प्रदर्शनकारीहरूले विभिन्न प्लेकार्डमा मधेस प्रदेशलाई पूर्ण स्वायत्त घोषणा गर्नुपर्ने, प्रदेश प्रहरी र कर्मचारी पूर्णतः प्रदेशको मातहतमा हुनुपर्ने, सङ्घको सीडीओ र एसपी फिर्ता हुनुपर्ने, दमन र शोषण बन्द गर्नुपर्ने तथा सङ्घको हस्तक्षेप रोकिनुपर्ने माग राखेका थिए।
जनमत पार्टीका नेता अनुसार, मधेस प्रदेशको स्थानीय अधिकार र स्वायत्तता सुनिश्चित नगरी शासन सञ्चालन गर्न नहुने भन्दै आन्दोलन जारी राख्ने योजना रहेको छ।




