spot_img

बीरगन्जमा साहिब दरबारद्वारा निःशुल्क आँखा शिविर सुरु

spot_img
spot_img

बीरगन्ज,२७ कातिक । परोपकारी संस्था साहिब दरबार ले वीरगन्जमा फेरि निःशुल्क आँखा जाँच तथा शल्यकृया शिविर सुरु गरेको छ। जाडो मौसम सुरु भएसँगै साहिब दरबारले महानगरका विभिन्न वडामा आँखा शिविर सञ्चालन गरिरहेको छ।

बिहीबार बीरगन्ज–२८, बगही मा आयोजित शिविरमा १२५ जनाको आँखा परीक्षण गरिएको छ। बीरगन्ज सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा गरिएको जाँचमा ५४ जनामा मोतियाबिन्दको समस्या भेटिएको साहिब दरबार वीरगन्जका अध्यक्ष उमेशलाल सहनी ले जानकारी दिए।

शिविरमा उपचार गरिने व्यक्तिहरूको शल्यकृया यही कात्तिक २८ गते आयोजित हुने बताइएको छ। बीरगन्ज सामुदायिक आँखा केन्द्रका सञ्चालक महेश सिंह धामी ले पनि यसबारे जानकारी दिएका छन्।

गत वर्षको जाडो मौसममा पनि साहिब दरबारले महानगरका विभिन्न वडामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्दै मोतियाबिन्दीका बिरामीहरूको शल्यकृया गराएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय