spot_img

रौतहटमा सात दलद्वारा मुख्यमन्त्री यादवको असंवैधानिक नियुक्तिविरुद्ध विरोध प्रदर्शन

spot_img
spot_img

रौतहट,२७ कातिक । सात राजनीतिक दलको संयुक्त नेतृत्वमा रौतहट सदरमुकाम गौरमा बिहीबार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको असंवैधानिक नियुक्ति खारेज गर्न विरोध प्रदर्शन गरिएको छ।

लोसर पार्टीका प्रदेश सचिव ओमलोक पटेलका अनुसार, सात दलिय गठबन्धनका नेता तथा कार्यकर्ताहरूले निबर्तमान प्रदेश प्रमुख सुमित्रा भण्डारी द्वारा संविधानको धारा १६८(३) को गलत प्रयोग गरी एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै विरोध जनाएका हुन्। प्रदर्शनकर्ताहरूले शपथग्रहण मध्यराति होटलमा गरिएको भन्दै मुख्यमन्त्रीको पद खारेजीको माग गरेका थिए।

प्रदर्शनमा सहभागीहरूले “असंबैधानिक मुख्य मन्त्री राजीनामा दे” र “एमाले पार्टी मुर्दाबाद” जस्ता नाराहरू लगाएका थिए।

कार्यक्रममा नेपाली कांग्रेसका रौतहट जिल्ला सभापति सुनिल यादव, लोसपा उपाध्यक्ष बाबुलाल साह, सहमहामन्त्री अनिल सिंह, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य रेवन्त झा, नेकपा माओवादी केन्द्रका गौर नगर अध्यक्ष चन्देश्वर राउत, जनमत पार्टीका रौतहट इन्चार्ज शेख जमसैद, जसपा नेता तथा पूर्व राज्यमन्त्री योगेन्द्र यादव, लगायत अन्य नेता तथा कार्यकर्ताहरूको बाक्लो सहभागिता रहेको थियो।

सात दलको विरोध प्रदर्शनले हालै मधेस प्रदेशमा उत्पन्न राजनीतिक विवादप्रति जनताको असन्तोष र संवैधानिक प्रक्रिया पालनको मागलाई स्पष्ट रूपमा उजागर गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय