spot_img

भास्कर हर्वास्युटिकल्सद्वारा वीरगन्ज महानगरपालिकालाई ५ ल्यापटप सहयोग

spot_img
spot_img

बीरगन्ज,२७ कातिक । भास्कर हर्वास्युटिकल्स प्रा. लि. ले बीरगन्ज महानगरपालिकालाई पाँच थान ल्यापटप सहयोग गरेको छ।

भदौ २३–२४ गते ‘जेन्जी’ आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीले महानगरपालिकाको भवन र कार्यालय सामग्रीहरू पूर्ण रूपमा नष्ट भएपछि प्रशासनिक काममा कठिनाइ आएको थियो। यस अवस्थालाई मध्यनजर गर्दै कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरपालिकालाई ल्यापटप उपलब्ध गराएको हो।

बिहीबार आयोजित कार्यक्रममा उद्योगका प्रतिनिधि शम्भु अग्रवाल ले पाँच थान ल्यापटप महानगरका मेयर राजेशमान सिंह लाई हस्तान्तरण गरे। अग्रवालले भने, “वीरगन्ज हाम्रो कार्यस्थल मात्र होइन, हाम्रो समुदाय हो। यो समुदायको पुनःस्थापनामा योगदान दिन पाउनु हाम्रो दायित्व हो।”

मेयर सिंहले भास्कर हर्वास्युटिकल्सको सहयोगको प्रशंसा गर्दै भने, “भदौको घटनापछि महानगरको पूर्वाधार र उपकरण नष्ट हुँदा सेवा प्रवाहमा चुनौती आएको थियो। यस्ता सहयोगहरूले महानगरलाई पुनःस्थापनामा ठूलो सहयोग पु¥याइरहेका छन्। हामी सबै दातृ संस्था र उद्योगसँग सहकार्यमा अघि बढ्नेछौं।”

यसअघि पनि सूर्य नेपाल प्रा. लि., बीरगन्ज उद्योग वाणिज्य संघ, एन. पी. एल. समाज कल्याण संस्था, औषधी व्यवसायी संघ, के. एन. पी. जापान र ब्रिटानिया जस्ता संस्थाहरूले ल्यापटप, कम्प्युटर, प्रिन्टर, टेबल-कुर्सी लगायतका सामग्री सहयोग गरिसकेका छन्।

महानगरपालिकाले यस्ता सहयोग र सहकार्यका कार्यक्रममार्फत सेवा पुनःस्थापना र डिजिटल प्रशासन प्रणालीलाई सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय