spot_img

नवनियुक्त प्रदेश प्रमुख कर्णले पदभार ग्रहण, सहकार्य र समन्वयमा जोड

spot_img
spot_img

जनकपुर,२७ कातिक । नवनियुक्त मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्ण ले बिहीबार पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहण समारोहपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रदेश प्रमुख कर्णले सबैसँग सहकार्य र समन्वय गर्दै काम गर्नु आवश्यक रहेको बताए। उनले भने, “सबै मिलेर काम गर्दा मात्र समस्या समाधान सम्भव हुन्छ। मलाई जिम्मेवारी बोध छ र त्यसअनुसार काम अघि बढाउनेछु।”

सीताको धर्तीको प्रतिनिधित्व गर्ने सबै सांसदहरूले स्वागत गर्दा आफू खुशी भएको उनले बताए। प्रदेश प्रमुख कर्णले प्रदेशवासी सबै मिलेर प्रदेशको विकासमा योगदान दिनुपर्ने र विधिको शासन सबैले पालना गर्नुपर्नेमा पनि जोड दिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय