spot_img

पर्सामा गाँजासहित तीन भारतीय नागरिक पक्राउ

spot_img
spot_img

बीरगन्ज,२७ कातिक ।  प्रहरीले लागुऔषध गाँजाको तस्करीमा संलग्न तीन भारतीयलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार बैशाली जिल्ला विदुपुर ग्रामका २३ वर्षीय राजा कुमार, बैशाली जिल्ला राजा माइकल पञ्चायतका २३ वर्षीय विशाल कुमार र छपरा जिल्ला सोनपुर बस्ने २३ वर्षीय पिन्टु कुमार छन् ।

विशेष सूचनाको आधारमा बुधबार राति १२ बजेतिर पर्सागढी नगरपालिका– ९ बडेर्वा पेट्रोल पम्पस्थित सडकखण्डमा जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी मनवाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा नेपालबाट भारततर्फ शंकास्पद रूपमा पैदल हिँडिरहेका उनीहरूलाई रोकी खानतलासी गर्दा उनीहरूको साथमा रहेको झोलाबाट क्रमशः तीन किलो १ सय ९० ग्राम, तीन किलो दुई सय ५० ग्राम र तीन किलो तीन सय ग्राम गाँजा फेला परेको थियो ।

उनीहरूलाई नियन्त्रणमा लागुऔषधसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय