Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025
Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

एमाले अजम्बरी रहेको ...

काठमाडौं,२६ मंसिर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै रहेको र...

एमालेमा फर्किएका विश्वमणिसहित महाधिवेशन...

काठमाडौं,२७ मंसिर – नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदै गर्दा पार्टीले...

देउवा, प्रचण्ड, माधव र...

काठमाडौं,२७ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा नेपाल० का अध्यक्ष कमल थापा नेकपा...

रौतहट–१ मा रञ्जित पटेलको...

रौतहट, २६ मंसिर – रौतहट निर्वाचन क्षेत्र नं. १ यमुनामाई गाउँपालिका–१ जेठरहिया निवासी...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
16.1 C
Birgunj
spot_img

पूर्ण क्षमतामा पुनः सञ्चालनमा आयो जगदम्बा स्टिल उद्योग

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२७ कातिक । लामो अवरोधपछि जगदम्बा स्टिल उद्योग पुनः पूर्ण क्षमतामा सञ्चालनमा आएको छ। बिहीबार बिहान ६ बजेदेखि उद्योगले उत्पादन सुरु गरेको हो।

उद्योगको विद्युत् आपूर्ति नेपाल विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रले बुधबार साँझ पुनः जडान गरेको थियो। यसअघि १ अर्ब ६० करोड रुपैयाँ बक्यौतामध्ये पहिलो किस्ता ५ करोड ७२ लाख रुपैयाँ बुझाएपछि लाइन पुनः जडान गरिएको वितरण केन्द्र प्रमुख रुमेश रुपाखेतीले जानकारी दिए।

जगदम्बा स्टिल उद्योगमा करिब दुई हजार मजदुर तथा कर्मचारी कार्यरत छन्। लाइन काटिएपछि उद्योगका आठवटा भट्टी बन्द भएका थिए र उत्पादन करिब ७५ प्रतिशतले घटेको थियो। विद्युत् कटौतीका कारण उत्पादन रोकिए पनि मजदुरहरूलाई सरसफाइ र मर्मतका काममा खटाइएको थियो।

यससँगै, हिमाल स्टिल प्रालिले पनि प्राधिकरणको बक्यौता रकमको पहिलो किस्ता बुझाएपछि आइतबार साँझ लाइन पुनः जडान गराइएको छ। यद्यपि, उद्योगका प्रबन्धक वासुदेव श्रेष्ठका अनुसार, आन्तरिक तयारी बाँकी भएकाले उद्योग तत्काल सञ्चालनमा आउने छैन। सो उद्योगमा करिब चार सय मजदुर कार्यरत छन्।

त्यस्तै, त्रिवेणी स्पिनिङ उद्योगको पनि बक्यौता ३२ करोड ९ लाख रुपैयाँमध्ये पहिलो किस्ता १ करोड १४ लाख रुपैयाँ बुझाएपछि बुधबार दिउँसो लाइन जडान गरिएको हो।

विद्युत् महसुल तिर्ने प्रक्रिया अघि बढेसँगै पर्सा औद्योगिक क्षेत्रका उद्योगहरू क्रमशः सञ्चालनमा फर्किन थालेका छन्, जसले लामो समयदेखि ठप्प भएको औद्योगिक गतिविधिमा पुनः जीवन फिर्ता ल्याएको बताइन्छ।

ताजा समाचार

थप समाचार