Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

गौर हत्यालाई अनुसन्धान गर्न...

बीरगंज,२४ मंसिर - १८ बर्षपछि गौर हत्याकाण्ड फेरी चर्चामा छ । सर्वोच्च अदालतले...

निर्वाचन आउन ८५ दिन...

काठमाडौं,२४ मंसिर – निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन...

नागढुंगा–मलेखु सडक आजदेखि दैनिक...

काठमाडौं,२४ मंसिर – नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड आजदेखि एकसाताका लागि आंशिक बन्द हुने भएको छ।...

निर्वाचन आयोगले मतदाता नामावली...

काठमाडौं,२२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउन मंसिर २६ गतेभित्र...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
23 C
Birgunj
spot_img

सरकार, एमाले र कांग्रेस नै चुनाव भाँड्नमा सक्रिय रहेकाे प्रभु साहको आरोप

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बुटवल,२८ कातिक  । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार तथा ठूला दल एमाले र कांग्रेसलाई चुनाव नचाहने शक्ति भएको आरोप लगाएका छन्। आजपा लुम्बिनी प्रदेश कमिटीको विशेष बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले देशलाई नियन्त्रित अस्थिरतामा धकेल्ने प्रयास भइरहेको बताए।

साहका अनुसार सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन तयारीभन्दा सत्ता लम्ब्याउनेतर्फ बढी ध्यान दिएको छ। उनले कांग्रेसको नेतृत्व समेत पार्टीभित्रै बैठक सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको दाबी गर्दै कांग्रेस ‘कुहिरोमा हराएको काग’झैं दिशाहीन बनेको टिप्पणी गरे।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जेनजी आन्दोलनका युवामाथि भएको हिंसामा कुनै आत्मग्लानी नरहेको आरोप लगाउँदै साहले कांग्रेससमेत ओलीको “पुच्छर” बनेर हिँड्नु युवापुस्तिमाथिको ठूलाे विश्वासघात भएको बताए।

उनले भने, “विगतमा कांग्रेस ओलीको पछाडि लाग्दा जेनजीले भदौ २३ मा विद्रोह गर्नुपर्‍यो। अहिले फेरि त्यही गल्ती दोहोरिनु देश र जनताको दुर्भाग्य हुनेछ।”

एमाले नेतृत्वले प्रतिनिधिसभा पुनःस्थापनाको बहाना बनाई चुनाव रोक्ने नाटक गरेको साहको आरोप छ। उनका अनुसार, जनताले अब चुनावबाहेक अर्को विकल्प स्वीकार नगर्ने स्थिति आएको छ। कांग्रेसलाई एमालेको पछि नलाग्न आग्रह गर्दै उनले निर्वाचनका पक्षमा दृढताको साथ उभिन सुझाव दिए।

जेनजी आन्दोलनको “भावना र स्पिरिट” माथि वर्तमान सरकारले धोका दिएको उनको आरोप छ। उर्जाविज्ञ कुलमान घिसिङले आन्दोलनकै नाममा आफ्नो राजनीतिक दल खोलेको भन्दै उनले “यो ठूलो विश्वासघात र अक्षम्य अपराध” भएको टिप्पणी गरे।

प्रधानमन्त्रीलाई लक्षित गर्दै साहले भने, “निर्दलीय भनिएको सरकारले मन्त्रीमार्फत दल खोल्ने अनुमति कसरी दियो? यदि सरकार साँच्चिकै निर्दलीय हो भने कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्नुपर्छ।” गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यक्षमतामाथि पनि उनले कडा प्रश्न उठाए। जेनजी आन्दोलनका क्रममा युवामाथि गोली हान्नेहरूविरुद्ध साधारण बयान समेत लिन नसकेको भन्दै उनले गृहमन्त्रीको राजीनामा मागे।

साहका अनुसार अहिलेको सरकारले न देशलाई सही गन्तव्यमा पुर्‍याउन सक्छ, न पाएको जनादेश पूरा गर्ने क्षमता राख्छ। उनले मन्त्रीहरू प्रचार–प्रसारमै रमाएको र वास्तविक समाधानका कदम नचालिएको आरोप लगाए।

जेनजी आन्दोलनलाई नेपालको इतिहासमा “सही जनविद्रोह” बताए पनि सुशीला कार्की नेतृत्वका कारण आन्दोलन बदनाम हुने खतरा रहेको उनले औँल्याए।

ताजा समाचार

थप समाचार