spot_img

मधेशकी उपसभामुख भन्छिन्– ५ सांसदमाथिको कारबाही बदर

spot_img
spot_img

जनकपुर,२८ कात्तिक। मधेश प्रदेशसभामा पाँच जना सांसदलाई पदमुक्त गरेको सभामुख रामचन्द्र मण्डलको निर्णय सार्वजनिक भएलगत्तै उपसभामुख बबिता कुमारी राउत ईशरले कडा आपत्ति जनाउँदै उक्त कारबाही बदर भएको घोषणा गरेकी छन्।

सभामुख मण्डलले लगातार १० पटक बैठकमा अनुपस्थित रहेको भन्दै नागरिक उन्मुक्ति पार्टीकी उर्मिला देवी सिंह तथा जसपाका मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन सा कलवार र शारदा शंकर प्रसाद कलवारको पद रिक्त रहेको सूचना बिहीबार जारी गरेका थिए।

तर सोही दिन उपसभामुख बबिताले अर्को सूचना जारी गर्दै पाँचै सांसद कात्तिक २२ गते विश्वासको मतसम्बन्धी बैठकमा उपस्थित रहेको प्रमाण— हाजिरी र भिडियो रेकर्ड— प्रदेशसभा सचिवालयमै सुरक्षित रहेको दाबी गरिन्।

उनको सूचनामा भनिएको छ, “उक्त बैठकमा सांसदहरू उपस्थित रहेको प्रमाण भएकाले पद रिक्त गरिएको सूचना बदर गरिएको जानकारी गराइन्छ।”

उपसभामुखले सभामुखको निर्णयलाई “आवेग र प्रतिशोधमा आएको कदम” भन्दै प्रश्न उठाएकी छन्। यसबीच, सभामुख र उपसभामुखको परस्परविरोधी निर्णयले मधेश प्रदेशसभामा थप राजनीतिक तनाव र अनिश्चितता बढाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय