spot_img

मधेस प्रदेश भवन अगाडि आज पनि प्रदर्शन जारी

spot_img
spot_img

जनकपुर,२८ कात्तिक । मधेस प्रदेशमा शुक्रबार बिहानदेखि सात दलको प्रदर्शन सुरु भएको छ । मधेस भवन गेट अगाडि आज बिहानदेखि सात दलका सांसदहरूले प्रदर्शन सुरु गरेका छन । संविधान मर्मविपरीत मुख्यमन्त्रीको नियुक्ति विरुद्ध र प्रदर्शनकारीमाथि भएको लाठीचार्जको विरोधमा सुरु गरिएको प्रदर्शन आज पनि जारी छ।

सात दलीय गठबन्धनका सांसदहरूसहित कार्यकर्ताहरु सडकमा बसेर नाराबाजी समेत गरिरहेका छन । ‘मुख्यमन्त्री नियुक्ति खारेज गर, संविधान मिच्न पाइदैन’ नारा लगाएर प्रदर्शन भइरहेको छ । कांग्रेस, माओवादी, जसपा नेपाल, लोसपा, जनमत पार्टी, एकीकृत समाजवादीसितका दलहरुको कार्यकर्ता सडकमा धर्नामा धर्नामा बसेका छन ।

मुख्यमन्ती यादवलाइ तत्कालीन प्रदेश प्रमुखले २३ गते असंवैधानिक नियुक्ति गरेपछि त्यसको विरोधमा मधेसमा प्रदर्शन सुरु भएका छन । शपथग्रहणकै दिन मुख्यमन्त्री कार्यालयमा तोडफोड तथा कर्मचारीमाथि हातपात गरिएको थियो । मुख्यान्त्री गेट अगाडिको सडकमा सुरु गरिएको धर्नाले आवतजावतमा कठिनाइ भएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय