Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

मधेशमा अस्थिरता बढाउने प्रयासविरुद्ध कांग्रेस उपसभापति सिंहको आपत्ति

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२८ कात्तिक । नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंहले तत्कालीन प्रदेश प्रमुख सुमित्रा देवी भण्डारी र प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलद्वारा गरिएको कदमप्रति कडा आपत्ति जनाएका छन्।

उपसभापति सिंहले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाट्स लेख्दै यस्तो टिप्पणी गरेका हुन । उनका अनुसार, प्रदेश नेतृत्वद्वारा गरिएका गैरजिम्मेवार, गैरसंवैधानिक तथा अराजक गतिविधिले मधेश प्रदेशलाई अस्थिरतामा धकेल्ने मात्र नभई लोकतान्त्रिक पद्धतिलाई कमजोर पार्ने खतरा रहेको छ।

सिंहले भने, “संविधानविपरीत निर्णय र क्रियाकलापले प्रदेशको राजनीतिक वातावरणलाई दूषित बनाएको छ। लोकतन्त्र र संविधानको रक्षा गर्न सबै सचेत नागरिक एकजुट हुन आवश्यक छ।”

उनले सम्पूर्ण लोकतान्त्रिक दल, नागरिक समाज र लोकतन्त्रप्रेमी जनसमुदायलाई गैरसंवैधानिक गतिविधिविरुद्ध आवाज उठाउन आह्वान समेत गरेका छन्। सिंहले मधेश प्रदेशमा संवैधानिक मर्यादा र लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण सबैको साझा दायित्व भएको र अस्थिरता फैलाउने योजनाविरुद्ध व्यापक प्रतिरोध आवश्यक रहेको बताए।

ताजा समाचार

थप समाचार