spot_img

यातायात विभागको डेटा सेन्टरमा फेरि समस्या, नयाँ लाइसेन्स आवेदन बन्द

spot_img
spot_img

काठमाडौं,२८ कात्तिक । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या उत्पन्न भएपछि नयाँ ड्राइभिङ लाइसेन्सका लागि आवेदन प्रक्रिया अनिश्चितकालका लागि बन्द गरिएको छ। १६ कात्तिकबाट आंशिक रूपमा सञ्चालनमा आएको प्रणाली आजदेखि अर्को सूचना नआएसम्म बन्द रहने विभागले जनाएको छ।

इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि अनलाइन आवेदन दिने प्रणाली सञ्चालनमा आउन नसक्दा सेवाग्राही पुनः प्रभावित भएका छन्। गत २३ र २४ भदौमा भएका आन्दोलनका क्रममा विभागको डेटा तथा अभिलेख प्रणालीमा ठूलो क्षति पुगेपछि लाइसेन्ससम्बन्धी सबै सेवा अवरुद्ध भएका थिए। सोही प्रणालीलाई आंशिक रूपमा मात्रै मर्मत गरी १६ कात्तिकबाट सेवा सुरु गरिएको थियो।

तर, डेटा सेन्टरमा फेरि प्राविधिक समस्या देखा परेपछि आवेदन प्रक्रिया पुनः बन्द गर्नुपरेको विभागले जनाएको छ। विभागले समस्या समाधानका लागि प्राविधिक टोलीलाई सक्रिय गरेको र सेवा पुनः सुचारु हुनेबित्तिकै सूचना जारी गरिने जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय