spot_img

सुदूरपश्चिममा चार महिनामा ६२ को मृत्यु, ७९५ घाइते

spot_img
spot_img

धनगढी,२८ कात्तिक । सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्षका पहिलो चार महिनामा सवारी दुर्घटना बढ्दा ६२ जनाले ज्यान गुमाएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार साउनदेखि कात्तिकसम्म भएका ५७९ दुर्घटनामा ७९५ जना घाइते भएका छन्, जसमा ४३० जना गम्भीर घाइते छन्।

प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार ज्यान गुमाउनेमध्ये ४३ जना पुरुष, १६ महिला र ३ बालबालिका छन्। गम्भीर घाइतेमध्ये २७७ पुरुष, ९६ महिला, ३३ बालक र २४ बालिका परेका छन्। सामान्य घाइतेतर्फ पनि पुरुषकै संख्या बढी रहेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रदेशमा भएका दुर्घटनामध्ये सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएका छन्। ५७९ दुर्घटनामध्ये ३३७ मोटरसाइकल रहेका छन्। त्यस्तै, ६६ जीप–कार, ४७ अटो–टेम्पो, २१ बस, १९ ट्र्याक्टर, १३ माइक्रो र ९९ अन्य सवारीसाधन दुर्घटनामा परेका छन्।

महिनागत रूपमा साउनमा १७५, असोजमा १५४, भदौमा १३८ र कात्तिकमा ११२ वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ। डीएसपी जोराका अनुसार दुर्घटनाका ९० प्रतिशत कारण चालकको लापरवाही हुने गरेका छन्। यान्त्रिक गडबडीका कारण हुने दुर्घटना विगतको तुलनामा कम भए पनि तराई क्षेत्रमा छाडा चौपाया र पहाडी क्षेत्रमा कच्ची सडक दुर्घटनाको प्रमुख कारण बनेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय