spot_img

सीआईबीको नाममा ठगी गर्ने दुईजना काठमाडौंमा पक्राउ

spot_img
spot_img

काठमाडौं,२८ कात्तिक । आफूहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरीले भनेर धम्क्याउँदै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा मिथिला नगरपालिका–९ का ४१ वर्षीय रबिन कोइराला र धनकुटा महालक्ष्मी नगरपालिका–७ का ३३ वर्षीय योगेन्द्र पौडेल रहेका छन्। दुवैजना काठमाडौंमा बसोबास गर्दै आएका थिए।

कात्तिक १६ गते कोटेश्वर क्षेत्रमा तीन–चार जनाको समूहमा आएका व्यक्तिहरूले खाजा खाइरहेका दुई जनालाई आफ्नो साथमै लैजाई सीआईबी प्रहरीको परिचय दिँदै ५०–५० हजार रुपैयाँ गरेर १ लाख रुपैयाँ इसेवामा ट्रान्सफर गराउन बाध्य पारेका थिए। त्यससँगै ६ हजार रुपैयाँ नगद पनि लिई उनीहरू फरार भएको काठमाडौंका एसपी पवन भट्टराईले बताए।

पक्राउ परेकासँग प्रहरीले ११ थान पासपोर्ट, १३ थान विभिन्न संस्थाका आइडी, ४ थान कार्यालयका छाप, ३ थान एटीएम कार्ड, नगद रसिदका ११ थान ठेली, विभिन्न व्यक्तिका निवेदन तथा मिलापत्रका कागजात बरामद गरेको छ। उनीहरूले ‘प्रेस’ लेखिएको परिचयपत्र समेत बोकेको प्रहरीले जनाएको छ।

बानेश्वर प्रहरी टोलीले पक्राउ परेका दुवैजनालाई ठगी तथा आपराधिक लाभसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइरहेको छ। काठमाडौं जिल्ला अदालतबाट बिहीबार ३ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय