spot_img

समाजवादी प्रेस संगठन पर्साको छैटौं बैठक सम्पन्न, नरेश सर्राफ स्मृति सभा मंसिर १५ गते हुने

spot_img
spot_img

बीरगन्ज,२८ कातिक । समाजवादी प्रेस संगठन नेपाल, पर्साले आफ्नो छैटौं बैठक सम्पन्न गर्दै आगामी कार्यक्रमहरूबारे महत्वपूर्ण निर्णय गरेको छ। संगठनका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा शुक्रबार बीरगन्जस्थित नेपाल पोस्ट डेली कार्यालयमा बसेको बैठकले दिवंगत पत्रकार नरेश सर्राफको स्मृतिमा मंसिर १५ गते तेस्रो स्मृति सभा आयोजना गर्ने निर्णय गरेको हो।

बैठकले सोही अवसरमा दोस्रो ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ वितरण गर्नेसमेत जनाएको छ। पुरस्कारका लागि योग्य पत्रकार छान्न पाँच सदस्यीय छनोट समिति गठन गरिएको छ, जसको संयोजक अध्यक्ष सुमन नै रहनेछन्। समितिमा उपाध्यक्ष हरिशंकर शर्मा, सचिव विनोद पटेल, कोषाध्यक्ष सन्तोष साह र सदस्य मनिषा साह रहेका छन्।

यसैबीच, संगठनका उपाध्यक्ष हरिशंकर शर्मा झूटो मुद्दामार्फत फसाइएका अभियोगबाट अदालतले निर्दोष ठहर गरेपछि बैठकले उनलाई शुभकामना र बधाई व्यक्त गरेको छ। कार्यक्रममा सहभागीहरूले शर्मालाई खादा र अविरले सम्मान गर्दै न्यायिक विजयको खुशी साझा गरे।

बैठकमा नेकपा नेता रामचन्द्र साह, मनोज चौधरी, बालगोपाल थापा, संगठनका केन्द्रीय सचिव बृजलाल पासवान, मधेश प्रदेश अध्यक्ष मनोज पटेललगायतको उपस्थिति रहेको संगठन पर्साले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय