काठमाडौँ,२९ कातिक । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म २ लाख ८१ हजार १२९ नयाँ मतदाता दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार आज मात्रै २३ हजार ६१४ नयाँ मतदाता नामावलीमा थपिएका छन्। जसमा १२ हजार ६०१ पुरुष, ११ हजार ९ महिला रहेका छन्।
मतदाता नामावली दर्तामा बढ्दो भीड र उत्साहलाई मध्यनजर गर्दै आयोगले नामावली संकलनको समय पाँच दिन थपिएको जानकारी दिएको छ। यसअघि नयाँ नाम दर्ताका लागि कात्तिक ३० गतेसम्मको म्याद तोकिएको थियो।
आयोगका अनुसार समय थपिएपछि अझ धेरै नागरिकले मतदान अधिकार प्राप्त गर्ने अपेक्षा गरिएको छ।




