spot_img

एमाले आज देशभर ७७ जिल्लामा जनप्रदर्शन र सभा गर्दै

spot_img
spot_img

काठमाडौँ,२९ कतिक । नेकपा (एमाले) ले आज शनिबार देशभरका ७७ वटै जिल्लामा जनप्रदर्शन तथा सभा आयोजना गर्दैछ। पार्टीले विकसित राजनीतिक घटनाक्रम र आफूले प्रतिगामी भनेका गतिविधिको विरोधमा सडक प्रदर्शनमा उत्रिएको हो।

एमालेका अनुसार हालसालै घटेको भदौ २४ यताका राजनीतिक घटनाक्रम, संसद विघटनलाई असंवैधानिक ठहरिनुपर्ने माग र पार्टीका आगामी कार्यक्रमबारे जनतालाई जानकारी गराउने उद्देश्यले देशव्यापी अभियान थालिएको हो।

यसअघि पार्टीले मंगलबार ७५३ स्थानीय तहमा जनसभा तथा भेला सम्पन्न गरिसकेको थियो। त्यस्तै, कात्तिक २२ गते ६ हजार ७४३ वडामा समेत संगठनात्मक भेला गरिएको थियो।

घोषित कार्यक्रमअनुसार एमालेले मंसिर ६ गते काठमाडौँमा वृहत जनप्रदर्शन र आमसभा गर्ने तयारीसमेत गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय