spot_img

मकवानपुरको राक्सिराङमा गोली प्रहारबाट एकजनाको मृत्यु

spot_img
spot_img

मकवानपुर,२९ कातिक । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा भएको गोलीकाण्डमा एक पुरुषको मृत्यु भएको छ। बिहान करिब १० बजेतिर राक्सिराङ–१, कोलगैरी ठकुरीडाँडामा ७५ वर्षीय इमानसिंह थोकरले सोही स्थानका ६४ वर्षीय ठूले गोलेलाई गोली प्रहार गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटना पुरानो रिसिइबीका कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक दीपक थापाको नेतृत्वमा गएको टोलीले हत्यापछि नजिकैको जंगलमा लुकेका थोकरलाई दिउँसो ४ बजे पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेका थोकरको साथबाट कटुवा पेस्तोल १ थान, दुई राउन्ड गोली, एक खोका तथा १९० ग्राम गन पाउडर बरामद गरेको जनाएको छ। उनी हतियारसहित घना जंगलमा लुकेर बसेको बताइएको छ।

घटनाको विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजु कुर्मीले जानकारी दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय