spot_img

नयाँ ड्राइभिङ लाइसेन्स आवेदनका लागि बन्द प्रणाली आजबाट सञ्चालनमा

spot_img
spot_img

काठमाडौँ,२९ कातिक । बन्द रहेको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (eDL) सेवा शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ।

यातायात व्यवस्था विभागका अनुसार, कात्तिक १६ गतेदेखि आंशिक रूपमा संचालनमा आएको डेटा सेन्टरमा शुक्रबार समस्या आएपछि सेवा दिनभर बन्द भएको थियो। त्यस्तै, नयाँ लाइसेन्स आवेदन दिने वेबसाइट पनि काम नगरेको विभागले जनाएको छ।

विभागका निर्देशक केशव खतिवडाले बताएअनुसार, पावर सप्लाई अभावका कारण समस्या आएको हो। शुक्रबार साँझ नयाँ पावर सप्लाई जडान गरिसकिएकोले शनिबार बिहानदेखि सेवा सुरु हुने पुष्टि भएको छ।

खतिवडाका अनुसार अब लाइन गए पनि प्रणाली बन्द हुँदैन, किनकि जेनेरेटर र ब्याट्रीले प्रणालीलाई निरन्तर चलाउन सक्षम छन्। उनले भने, “जेनेरेटर त थियो, तर लामो समय लाइन गएपछि धान्न नसक्ने अवस्था थियो। अब यस्तो समस्या हुनेछैन।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय