spot_img

चुनावको वातावरण पूर्ण रूपमा तयार भइसकेको छ : सञ्चारमन्त्री खरेल

spot_img
spot_img

काठमाडौँ,२९ कातिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आउँदो फागुन २१ गतेका लागि तय गरिएको चुनावको वातावरण तयार भइसकेको बताएका छन्। दक्षिण कोरिया भ्रमणमा रहेका मन्त्री खरेलसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले गरेको साक्षात्कारमा उनले निर्धारित मितिमा चुनाव हुने विश्वास व्यक्त गर्नुभयो।

मन्त्री खरेलका अनुसार, नेपाल प्रहरीमा नयाँ नेतृत्व आएको, कुनै पनि राजनीतिक दलले चुनावमा भाग नलिने भनेर नबोलेको, केही दलहरूले सुरक्षाको वातावरण सुनिश्चित गर्नुपर्ने चासो राखेको र मतदाता नामावली सङ्कलन उत्साहजनक ढङ्गले भइरहेको अवस्थाले चुनावको वातावरण तयार भएको प्रमाणित गरेको छ।

सरकारका प्रवक्तासमेत रहेका खरेलले भने, “जेन–जी आन्दोलनको आधारमा बनेको अन्तरिम सरकारको प्राथमिकता चुनावसँगै सुशासन कायम राख्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र रोजगारी तथा नवप्रवर्द्धन सुनिश्चित गर्ने हो।”

उहाँले विदेशमा रहेका नेपाली नागरिकका लागि मतदानको व्यवस्था मिलाउन कानुनी प्रक्रिया सुरु गरिएको र आवश्यक परे अध्यादेशमार्फत पनि व्यवस्था लागू गर्न पहल भइरहेको जानकारी दिनुभयो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय