Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
15.4 C
Birgunj
spot_img

आजदेखि राष्ट्रिय परिचयपत्र नम्बर भएकाले अनलाइनमार्फत मतदाता दर्ता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २९ कात्तिक। निर्वाचन आयोगले आज शनिबारदेखि राष्ट्रिय परिचयपत्र (NID) नम्बर भएका नागरिकका लागि अनलाइनमार्फत मतदाता नामावलीमा नाम दर्ता आवेदन गर्न सकिने व्यवस्था लागू गरेको छ। आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर नभएकाले भने तत्कालका लागि अनलाइन आवेदन दिन पाउने छैनन्।

पहिले नै अनलाइन आवेदन भरेका नागरिकले भने सम्बन्धित निर्वाचन कार्यालयमा गएर जैविक विवरण (बायोमेट्रिक) दिने प्रक्रिया यथावत् रहनेछ। यसका लागि सबै प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई सेवा पूर्ववत् सञ्चालनमा राख्न निर्देशन पनि दिइएको छ।

आयोगका अधिकारीहरूका अनुसार अनलाइन सुविधा लागू भएपछि आवेदनको चाप उल्लेख्य रूपमा बढेको छ, जसले नागरिकको पहुँच र सुविधामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यस्तै, आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि समय पाँच दिन थप गर्दै मंसिर ५ गतेसम्म पुर्‍याएको छ। यसअघि तोकिएको दर्ता अवधि कात्तिक ३० गते सकिने थियो।
प्रधानमन्त्री सुशीला कार्कीले आयोगलाई समय थप्न सुझाव दिएपछि सो निर्णय भएको बताइएको छ।

ताजा समाचार

थप समाचार