spot_img

आजदेखि राष्ट्रिय परिचयपत्र नम्बर भएकाले अनलाइनमार्फत मतदाता दर्ता

spot_img
spot_img

काठमाडौं, २९ कात्तिक। निर्वाचन आयोगले आज शनिबारदेखि राष्ट्रिय परिचयपत्र (NID) नम्बर भएका नागरिकका लागि अनलाइनमार्फत मतदाता नामावलीमा नाम दर्ता आवेदन गर्न सकिने व्यवस्था लागू गरेको छ। आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर नभएकाले भने तत्कालका लागि अनलाइन आवेदन दिन पाउने छैनन्।

पहिले नै अनलाइन आवेदन भरेका नागरिकले भने सम्बन्धित निर्वाचन कार्यालयमा गएर जैविक विवरण (बायोमेट्रिक) दिने प्रक्रिया यथावत् रहनेछ। यसका लागि सबै प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई सेवा पूर्ववत् सञ्चालनमा राख्न निर्देशन पनि दिइएको छ।

आयोगका अधिकारीहरूका अनुसार अनलाइन सुविधा लागू भएपछि आवेदनको चाप उल्लेख्य रूपमा बढेको छ, जसले नागरिकको पहुँच र सुविधामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यस्तै, आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि समय पाँच दिन थप गर्दै मंसिर ५ गतेसम्म पुर्‍याएको छ। यसअघि तोकिएको दर्ता अवधि कात्तिक ३० गते सकिने थियो।
प्रधानमन्त्री सुशीला कार्कीले आयोगलाई समय थप्न सुझाव दिएपछि सो निर्णय भएको बताइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय