Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

नेपाल–भारत सीमा क्षेत्रमा जङ्गली हात्तीको चहलपहल बढ्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २९ कात्तिक । नेपाल–भारतको खुला सिमाना केवल मानिसहरूको आवाजाहीका लागि मात्र सीमित छैन, यो क्षेत्र वन्यजन्तुको ऐतिहासिक आवागमन मार्ग समेत बनेको छ। विशेषगरी तराईका जङ्गलहरू आपसमा जोडिएको भएकाले जङ्गली हातीसहितका जनावरहरू दुवै देशबीच नियमित रूपमा आवतजावत गर्ने गर्छन्।

पश्चिम नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको उत्तर प्रदेशस्थित कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरी बीच हात्तीहरूको परम्परागत बसाइँ–सराइ मार्ग रहेको छ। हरेक वर्ष सयौँ हात्तीहरू खाद्यान्न खोजी र वर्षाको पानीबाट जोगिन यो मार्ग प्रयोग गरी सीमा पार गर्ने अनुसन्धानहरूले देखाएका छन्।

तर, पछिल्ला वर्षहरूमा सीमा क्षेत्रका बस्ती विस्तार, कृषि क्षेत्र अतिक्रमण, तारबार र अन्य मानव–निर्मित संरचनाले हात्ती आवतजावत अवरुद्ध हुन थालेपछि मानव–हात्ती द्वन्द्व तीव्र बन्दै गएको छ।

यसले जनधनको क्षति हुने, खेतबाली नष्ट हुने र सुरक्षामा चुनौती पैदा गर्ने अवस्था बढाएको स्थानीयवासी बताउँछन्।

ताजा समाचार

थप समाचार