spot_img

जनकपुरमा सात दलीय मोर्चाको विरोध प्रदर्शन जारी

spot_img
spot_img

जनकपुर, २९ कात्तिक । मधेस प्रदेशमा सिर्जित राजनीतिक विवादका बीच सातदलीय मोर्चाले आज पुनः जनकपुरमा सडक प्रदर्शन गरेको छ। मोर्चाले प्रदेशमा सरकार गठन प्रक्रिया र सभामुख रामचन्द्र मण्डलविरुद्धको कदमको विरोध गर्दै प्रदर्शन गरेको हो।

मोर्चाका कार्यकर्ताले बिहानैदेखि प्रदेश सभा परिसरअगाडि जुलुस र नाराबाजी गरेका छन्। सभामुख मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ताका लागि सांसदहरू प्रदेशसभा भवन पुगेका बेला धक्का–मुक्का र हातापाईसम्मको स्थिति बनेको थियो। त्यसको केही समयपछि मण्डलले पाँच जना सांसदहरूको पद खोस्ने निर्णय सार्वजनिक गर्दै राजनीतिक परिस्थिति थप तनाबग्रस्त बनाएको छ।

उही निर्णयको विरोधस्वरूप सातदलीय मोर्चाले आज दोस्रो दिनसम्म प्रदर्शन निरन्तरता दिएको जनाइएको छ। स्थिति संवेदनशील बन्दै गएपछि सुरक्षाकर्मीको बाक्लो टोली परिचालन गरिएको छ भने प्रदेशसभा परिसर आसपासको क्षेत्रमा कडा निगरानी गरिएको छ।

मोर्चाका नेताहरूले सभामुख मण्डलको निर्णयलाई संवैधानिक व्यवस्थाको उल्लंघन तथा राजनीतिक प्रतिशोधका रूपमा ब्याख्या गरेका छन्। उनीहरूले प्रदेशमा बहुमतको आधारमा सरकार गठनको मार्ग खुला गरिनुपर्ने माग समेत राखेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय