Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

जनकपुरमा सात दलीय मोर्चाको विरोध प्रदर्शन जारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर, २९ कात्तिक । मधेस प्रदेशमा सिर्जित राजनीतिक विवादका बीच सातदलीय मोर्चाले आज पुनः जनकपुरमा सडक प्रदर्शन गरेको छ। मोर्चाले प्रदेशमा सरकार गठन प्रक्रिया र सभामुख रामचन्द्र मण्डलविरुद्धको कदमको विरोध गर्दै प्रदर्शन गरेको हो।

मोर्चाका कार्यकर्ताले बिहानैदेखि प्रदेश सभा परिसरअगाडि जुलुस र नाराबाजी गरेका छन्। सभामुख मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ताका लागि सांसदहरू प्रदेशसभा भवन पुगेका बेला धक्का–मुक्का र हातापाईसम्मको स्थिति बनेको थियो। त्यसको केही समयपछि मण्डलले पाँच जना सांसदहरूको पद खोस्ने निर्णय सार्वजनिक गर्दै राजनीतिक परिस्थिति थप तनाबग्रस्त बनाएको छ।

उही निर्णयको विरोधस्वरूप सातदलीय मोर्चाले आज दोस्रो दिनसम्म प्रदर्शन निरन्तरता दिएको जनाइएको छ। स्थिति संवेदनशील बन्दै गएपछि सुरक्षाकर्मीको बाक्लो टोली परिचालन गरिएको छ भने प्रदेशसभा परिसर आसपासको क्षेत्रमा कडा निगरानी गरिएको छ।

मोर्चाका नेताहरूले सभामुख मण्डलको निर्णयलाई संवैधानिक व्यवस्थाको उल्लंघन तथा राजनीतिक प्रतिशोधका रूपमा ब्याख्या गरेका छन्। उनीहरूले प्रदेशमा बहुमतको आधारमा सरकार गठनको मार्ग खुला गरिनुपर्ने माग समेत राखेका छन्।

ताजा समाचार

थप समाचार