कलैया,२९ कात्तिक । श्रमजीवी बहुउद्देश्यीय सहकारी संस्था, कलैया–१८ द्वारा शनिबार आयोजित खुला रक्तदान कार्यक्रमले स्थानीय समुदायमा मानवीयता र सामाजिक सहयोगको सशक्त सन्देश दिएको छ। मोतिसर चौकमा सम्पन्न कार्यक्रममा एक महिलासहित ७२ जनाले स्वेच्छिक रक्तदान गरी जीवन बचाउने अभियानमा उल्लेखनीय योगदान गरेका छन्।
कार्यक्रममा विभिन्न उमेर र पेशाका नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो। स्थानीय युवादेखि व्यापारी र समाजसेवीहरू समेत रक्तदान अभियानमा सक्रिय भेटिए। रगतदानकर्ताहरूले “रगतदान–जीवनदान” अभियानलाई व्यवहारमै उतार्दै समुदायमा मानव जीवनभन्दा ठूलो कुनै सेवा छैन भन्ने सन्देश प्रस्ट पारे।
संस्थाका अध्यक्ष हुसेन मन्सूर ले रक्तदाताप्रति आभार व्यक्त गर्दै भनेः“समाजमा परोपकार, उत्तरदायित्व र भावनात्मक ऐक्यबद्धताको संस्कृति यस अभियन्ताले झनै सबल बनाएको छ। नियमित रक्तदानले आपतकालीन स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँछ र अनगिन्ती जीवन बचाउन मद्दत पुर्याउँछ।”
रक्त संकलन बीरगन्जस्थित रक्तसञ्चार केन्द्रका प्राविधिक सहयोगमा सम्पन्न भएको थियो।अभियान सफल बनाउन सहयोगीहरूको भूमिकाकार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्न अनिल यादव, भिम गुप्ता, श्रवण कुमार, आलिम मिया, नाजिर हुसेन, अशोक यादव, भोला मिया र नौसाद मन्सूरको विशेष भूमिका रह्यो।
सहकारी संस्थाले आउने दिनहरूमा पनि यस्ता मानवीय तथा स्वास्थ्य–केन्द्रित सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।



