Date
आइत, मंसिर २१, २०८२
Sun, December 7, 2025
Date
आइत, मंसिर २१, २०८२
Sun, December 7, 2025

समानुपातिकतर्फ पहिलो दिन ३३...

काठमाडौं,२१ मंसिर । समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि एकै दिन ३३ दल दर्ता भएको...

कर्णाली याक्सले जनकपुरलाई १३०...

काठमाडौं,२१ मंसिर । कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर...

मानव अधिकार आयोगमा एक...

काठमाडौँ,२१ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले गत आर्थिक वर्ष २०८१र८२ को आफ्नो...

मधेश प्रदेशमा एमाले सरकारका...

काठमाडौं,२१ मंसिर । मधेश प्रदेशमा हालै गठन भएको नयाँ सरकारले यसअघि संविधानको धारा...
spot_imgspot_imgspot_img
15.1 C
Kathmandu
19.3 C
Birgunj
spot_img

प्रधानमन्त्री कार्कीको सबै संरचनालाई गति बढाउन कडा आदेश

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२९ कात्तिक । सरकारले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम तथा बजेट कार्ययोजना कार्यान्वयनको समग्र प्रगतिसम्बन्धी समीक्षा गरेको छ । यस उद्देश्यका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार उच्चस्तरीय समीक्षा बैठक बसेको थियो ।

बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठले विभिन्न मन्त्रालय र निकायहरूको कार्यप्रगति, चुनौती र आगामी आवश्यकताबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणपछि मन्त्रीहरू, सचिवहरू तथा सम्बन्धित उच्च अधिकारीहरूले आफ्नो क्षेत्रका प्रगतिबारे टिप्पणी राख्दै आगामी योजना, प्राथमिकता तथा सुधारका सुझाव प्रस्तुत गरेका थिए ।

बैठकमा सहभागी प्रधानमन्त्री सुशीला कार्कीले अहिलेसम्मको कार्यप्रगति अपेक्षितरूपमा नबढेको उल्लेख गर्दै समग्र कामको गति तीव्र बनाउने निर्देश दिए। विशेषगरी पुँजीगत खर्च अत्यन्तै न्यून रहेको भन्दै उनले यसको गति बढाउन सम्बन्धित सबै संरचनालाई जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गरे।

प्रधानमन्त्री कार्कीले पछिल्लो राजनीतिक परिवर्तनले देशमा नयाँ बाटो खोलेको उल्लेख गर्दै शासन प्रणाली, कार्यशैली र प्रशासनिक दृष्टिकोण पनि नयाँ पुस्ताको भावना तथा समयको आवश्यकताअनुसार रूपान्तरित हुनुपर्नेमा जोड दिए।

सरकारी संयन्त्रमा रहेको अनियमितता र भ्रष्टाचार नियन्त्रणलाई सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउँदै उहाँले प्रशासनिक नेतृत्वले स्वच्छता, पारदर्शिता र कार्यकुशलताको वातावरण निर्माण गर्न निर्णायक भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए।

प्रधानमन्त्रीले आफू स्वच्छ रहनुका साथै आफ्ना मातहतका निकायहरूमा पनि स्वच्छ प्रशासनिक वातावरण कायम गर्न सबै सरोकारवालालाई जिम्मेवार र परिणाममुखी ढंगले लाग्न निर्देशन दिनुभएको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए ।

सरकारले आगामी महिनाहरूमा नीति तथा कार्यक्रम तथा बजेट कार्यान्वयनलाई तीव्र बनाउँदै प्रभावकारी परिणाम देखिनेगरी योजनाबद्धरूपमा अघि बढ्ने बताएको छ ।

ताजा समाचार

थप समाचार