spot_img

मितेरी पुल क्षेत्रको स्वच्छता तथा हरियाली संरक्षण अभियान १५औँ दिन पनि जारी

spot_img
spot_img

बीरगन्ज, २९ कात्तिक । बीरगन्जको मितेरी पुल क्षेत्रलाई स्वच्छ, हरित र सुन्दर बनाउने उद्देश्यले सुरु गरिएको संयुक्त सफाइ तथा हरियाली संरक्षण अभियान आज १५औँ दिन पनि जारी रह्यो।

अभियान बीरगन्ज महानगरपालिका, सशस्त्र प्रहरी बल नेपाल–१३ गण र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त पहलमा सञ्चालित छ। अभियानअन्तर्गत सडकछेउका झाडी काट्ने, वृक्षारोपण, पुरानो हरियाली संरक्षण र सरसफाइका गतिविधिहरू सञ्चालन गरिएको छ।

बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सीमा क्षेत्रको स्वच्छ, हरित र सुरक्षित वातावरण निर्माणमा सबै क्षेत्रको सहभागीता अपरिहार्य रहेको बताएका छन्। भारतीय महावाणिज्यदूत डीएस मिनाले सीमा क्षेत्रीय व्यवस्थापन र वातावरणीय पहलले दुई देशको मैत्रीपूर्ण सम्बन्ध बलियो हुने धारणा व्यक्त गरे।

अभियानमा स्थानीय बासिन्दा, व्यापारी, विद्यार्थी र सुरक्षा निकाय सहभागी भएका थिए। आयोजकहरूले अभियानलाई दिगो, प्रभावकारी र समुदायमुखी बनाउँदै आगामी दिनमा निरन्तरता दिने योजना रहेको बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय