जनकपुर, २९ कात्तिक । मधेस प्रदेशसभाको बैठक आज प्रदेशसभा भवनको प्रांगणमा सञ्चालन भएको छ। उपसभामुख बबिता कुमारी राउत ईशरले कर्मचारी अभाव र अन्य व्यवस्थागत समस्यालाई कारण देखाउँदै बैठक प्रांगणमै बसेर सञ्चालन गरेकी छन्।
कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले बैठक बोलाउन प्रस्ताव राखेका थिए भने जसपा संसदीय दलका नेता सरोजकुमार यादवले खुला ठाउँमै बैठक बसाउन आग्रह गरेका थिए।
यसअघि सात दलका प्रदेश सांसदहरू एक घण्टा प्रदेशसभा भवनको बाहिर प्रांगणमा बसेका थिए।




