पोखरा, २९ कात्तिक । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बिहान काठमाडौं उड्न लागेको बुद्ध एयरको फ्लाइट नम्बर ६०४ चरासँग ठोक्किएपछि अस्थायी रूपमा पार्किङ क्षेत्रमा फर्काइएको थियो।
विमान टेकअफको क्रममा चरासँग ठोक्किएको घटना भएपश्चात विमानको प्राविधिक परीक्षण गरिएको थियो। परीक्षण सफल भएपछि विमानलाई सुरक्षित रूपमा काठमाडौं फिर्ता पठाइएको छ।
बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले यात्रुलाई कुनै खतरा नभएको र विमान पूर्ण रुपमा सुरक्षित रहेको जानकारी दिए।




