Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

गौरमा सिरक–डसना पसलमा भीषण आगलागी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,२९ कात्तिक । रौतहटको गौर नगरपालिका–५, हनुमान चोक नजिकै रहेको वीरेन्द्र चौरसियाद्वारा सञ्चालित सिरक–डसना पसलमा शनिबार दिउँसो भीषण आगलागी भएको छ।

अढाई बजेतिर सुरु भएको आगलागीले पसलभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार करेन्ट सर्टका कारण जस्ताको छानो भएको कच्ची घरमा पसलमा आगो लागेको बताइएको छ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। आगो नियन्त्रणमा लिन प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा दमकल प्रयोग गरिएको थियो र दिउँसो साढे ३ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।

पसलमा रहेका सामग्रीहरू जस्तै मोटर, डस्ना बनाउने मेसिन, कपास, डस्ना कपडा, रुई, तकिया, सिरक, बेन्च, टेबल, टीभी, पंखा र टेन्ट कपडा सबै जलेर नष्ट भएका छन्।

स्थानीयहरूले समयमै सूचना दिएर सहयोग गरेकाले आगो अन्य घरमा फैलिनबाट रोकिएको प्रहरीको जानकारी छ। जिल्ला प्रहरी कार्यालयले विद्युत् सर्टका कारण आगो लागेको प्रारम्भिक निष्कर्ष दिएको भए पनि, थप अनुसन्धान भइरहेको बताइएको छ।

ताजा समाचार

थप समाचार