Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

कटहरियामा विवाहित महिला वडा सदस्यसँग फरार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट, ३० कार्तिक । रौतहटको कटहरिया नगरपालिका–१ मा एक विवाहित महिला वडा सदस्यसँग एकाएक फरार भएपछि स्थानीय क्षेत्रमा निकै चहलपहल र विवाद सिर्जना भएको छ। तीन नाबालक छोरा छोडेर भागेकी ३० वर्षीया सोसनिता देवी दास र उनीसँगै फरार भएका वडा सदस्य सतलाल दासलाई लिएर गाउँभरि चर्चा चलेको हो।

सोसनिताका श्रीमान् कृष्णनन्दन दास पाँच वर्षदेखि विदेशमा मजदुरी गर्दै आएका छन्। परिवारका अनुसार, सोसनिताले श्रीमान् पठाएका करिब १२ लाख रुपैयाँ नगद र झन्डै ३ लाख बराबरका सुनचाँदीका गहना लिएर बेपत्ता भएको आरोप छ। साथै, सोसनिताको नाममा रहेको पाँच कठ्ठा जग्गा बैंकमा धितो राखेर रकम निकालेको आशंका समेत व्यक्त गरिएको छ।

पीडितकी आमा घुनिया देवी दासका अनुसार, बारा–निजगढमा कोठा लिएर बसेको खबर पाएपछि गाउँलेसहित खोजतलास गर्दा दुवै एउटै कोठामा फेला परेका थिए। तत्क्षण प्रहरी बोलाइयो र उनीहरूलाई इलाका प्रहरी कार्यालय गरुडा हुँदै जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको बताइएको छ।

घटनास्थल पुगेका कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवालले विवाद समाधानका नाममा “सम्पत्तिको आधा हिस्सा सोसनितालाई र बाँकी आधा छोरालाई दिने” भनिएको सुझाब राखेपछि पीडित परिवार र स्थानीय झनै आक्रोशित बनेका छन्। परिवारले मेयरले उल्टै वडा सदस्य सतलाल दासलाई जमानतमा छुटाइदिन सहयोग गरेको आरोप समेत लगाएको छ।

ताजा समाचार

थप समाचार