Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

बारामा ब्राउन सुगरसहित दुई महिला पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,३० कातिक । मधेश प्रदेशको बारा जिल्लामा प्रहरीले लागुऔषधसहित दुई महिलालाई पक्राउ गरेको छ। जितपुर सिमरा उपमहानगरपालिका–५ लल्का पुल नजिक विशेष सूचनाका आधारमा गरिएको चेकजाँचपछि उनीहरू पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय सिमराका प्र.ना.नि. दीपक कुमार बस्नेतको कमान्ड र लागुऔषध नियन्त्रण ब्युरो पर्साका प्र.स.नि. गोपाल खड्काको नेतृत्वमा खटिएको संयुक्त प्रहरी टोलीले आज दिउँसो करिब १५:४० बजे वीरगंजबाट पथलैया तर्फ पैदल आइरहेका दुई महिलालाई शंका लागेर रोकतोक गरी चेकजाँच गरेको थियो। तलासीका क्रममा प्रहरीले ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरेको जनाएको छ।

पर्सा, पटेर्वा सुगौली गाउँपालिका–५ निचुटा टोलकी ३५ वर्षीया सुसिला देवीको साथबाट ७ पुरियामा ४४.४०० ग्राम (४४ ग्राम ४०० मिलिग्राम) ब्राउन सुगरजस्तो पदार्थ फेला परेको प्रहरीले जानकारी दिएको छ। उनीसँगै रहेकी ३० वर्षीया पूजा देवी, ऐ.ऐ. पोखरिया नगरपालिका–७ की बसोबास भएकी, समेत प्रहरी नियन्त्रणमा परेकी छन्।

दुवै जनालाई अहिले इलाका प्रहरी कार्यालय सिमरामा राखेर थप अनुसन्धान अघि बढाइएको बारा प्रहरीले जनाएको छ। लागुऔषध फेला परेको स्थान इलाका प्रहरी कार्यालय सिमरा देखि करिब ३ किलोमिटर दक्षिण तर्फ पर्ने बताइएको छ।

 

ताजा समाचार

थप समाचार