Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी...

नक्कली शैक्षिक प्रमाणपत्र बुझाएर...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण...
spot_imgspot_imgspot_img
20.1 C
Kathmandu
24.5 C
Birgunj
spot_img

चार महिना वित्दा पनि मधेशका २४ स्थानीय तह बजेटविहीन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,३० कार्तिक । चालु आर्थिक वर्ष सुरु भएको चार महिना बितिसक्दा पनि मधेश प्रदेशका २४ स्थानीय तहले अझै बजेट प्रस्तुत नगरेको पाइएको छ ।

संवैधानिक व्यवस्था अनुसार असार १० भित्र सबै स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने व्यवस्था भए पनि मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये ११२ ले मात्र बजेट सार्वजनिक गरेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, देशभर ७२८ स्थानीय तहले बजेट प्रस्तुत गरिरहेका छन् भने २५ तहले अझै बजेट ल्याएका छैनन्। तीमध्ये २४ स्थानीय तह मधेश प्रदेशका हुन् ।

मन्त्रालयको तथ्याङ्कअनुसार सप्तरीका राजविराज नगरपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिका, बलान(विहुन गाउँपालिका र कल्याणपुर नगरपालिका हालसम्म बजेटविहीन छन् ।

सिराहा जिल्लामा धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, धनुषामा क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका तथा जनकनन्दिनी गाउँपालिकाले पनि बजेट प्रस्तुत गर्न सकेका छैनन् ।

यस्तै, धनुषाको धनौजी गाउँपालिका, महोत्तरीको सोनमा गाउँपालिका, सर्लाहीको हरिवन नगरपालिका, चन्द्रनगर गाउँपालिका, रामनगर गाउँपालिका तथा मलङ्गवा नगरपालिका चालु आवको बजेट सार्वजनिक गर्न चुकेका छन् ।

रौतहटका कटहरिया नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, यमुनामाई गाउँपालिका, बाराको महागढीमाई नगरपालिका, विश्रामपुर गाउँपालिका तथा पर्साको पकाहा मैनपुर गाउँपालिकाले पनि बजेट पेस गरेका छैनन् ।

यी स्थानीय तहहरूमध्ये अधिकांशले कर्मचारी अभाव, स्थायी प्रमुख प्रशासकीय अधिकृत नहुनु, राजनीतिक अस्थिरता तथा आन्तरिक प्रक्रियागत ढिलाइलाई कारण देखाएको मन्त्रालय स्रोतको भनाइ छ ।

मधेश प्रदेशबाहिर लुम्बिनी प्रदेशको शुद्धोधन गाउँपालिकाले पनि अहिलेसम्म चालु आवको बजेट प्रस्तुत गरेको छैन ।

 

 

ताजा समाचार

थप समाचार