spot_img

नयाँ दल दर्ता गर्न निर्वाचन आयोगको समय आज सकिँदै

spot_img
spot_img

काठमाडौँ,३० कातिक । आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले खोलिएको नयाँ दल दर्ताको समय आज साँझ सकिँदैछ। आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि पुराना दलहरूलाई समेत पुनः दल दर्ता प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ।

आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य दुवै निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। आयोगले प्रतिनिधि सभाका लागि मङ्सिर १ देखि १० गते र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गते भित्र दल दर्ता गर्न संबंधित राजनीतिक समूहलाई आग्रह गरिसकेको छ।

दल दर्ता निवेदन दिँदा दलसँग सम्बन्धित आधिकारिक विवरण, दलको नाम दर्ता मिति र अन्य आवश्यक कागजात बुझाउनुपर्ने आयोगले स्पष्ट पारेको छ।

यसैबीच, आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्ति गर्न निर्वाचन हुन लागेको छ। फागुन २० गतेबाट राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरूको कार्यकाल समाप्त हुँदैछ, जसको परिपूर्तिका लागि चुनाव घोषणा गरिएको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय