spot_img

मधेस प्रदेशमा ७ दलीय गठबन्धनको धर्ना जारी, मुख्यमन्त्री बर्खास्तीको माग

spot_img
spot_img

जनकपुर, ३० कात्तिक । मधेस प्रदेशमा सात राजनीतिक दलले मुख्यमन्त्री सरोज यादवको बर्खास्ती माग गर्दै आइतबार पनि मधेस भवनअगाडि धर्ना जारी राखेका छन्। उनीहरूले राष्ट्रिय झण्डासहित विरोध प्रदर्शन गर्दै आन्दोलनलाई निरन्तरता दिएका हुन्।

आजै सर्वोच्च अदालतमा मुख्यमन्त्री नियुक्तिविरुद्ध दायर रिटमाथि सुनुवाइ हुँदैछ, जसले आन्दोलनकर्ताहरूको ध्यान आकर्षित गरेको छ। माओवादी केन्द्रका प्रदेशसभा सदस्य भरत साहले धर्ना तत्कालीन प्रदेश प्रमुखको असंवैधानिक कदमविरुद्ध भएको बताए। उनले भने, “मुख्यमन्त्री नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला गर्ने अपेक्षा छ, र त्यो निर्णय मधेसी जनताको पक्षमा आउने विश्वास छ।”

साहले थपे कि सर्वोच्चको निर्णयलाई सम्मान गर्ने गठबन्धनले आगामी आन्दोलनका स्वरूपबारे छलफल गरिरहेको छ।

धर्ना सञ्चालन गरिरहेको ७ दलीय गठबन्धनमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा नेपाल, नेकपा (एस) र नागरिक उन्मुक्ति पार्टी सहभागी छन्। गठबन्धनले अदालतको आजको सुनुवाइलाई निर्णायक मान्दै आन्दोलनलाई निरन्तरता दिने तयारी गरेको बताइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय