Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

सिराहामा अवैध लागुऔषधसहित २ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं,३० कातिक । नेपाल प्रहरीले सिराहामा अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। हिजो साँझ ६ः४० बजे इलाका प्रहरी कार्यालय झाझपट्टीको टोलीले गोप्य सूचनाका आधारमा नवराजपुर गाउँपालिका–४ स्थित बाटोमा भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको स १० प ७८६ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गरेको थियो।

जाँचका क्रममा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेपछि २ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सप्तरी सुरुङ्गा नगरपालिका–७ चक्रदह बस्ने २१ वर्षीय विक्रान्त चौधरी र मोटरसाइकलमा पछाडि सवार सिराहाको लहान नगरपालिका–१ मटिहरवा बस्ने २६ वर्षीय शीतल चौधरी रहेका छन्।

उनीहरूको साथबाट प्लास्टिकमा प्याक गरिएको ब्राउन सुगर जस्तो देखिने पदार्थ तौल गर्दा १.६ ग्राम बरामद भएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया सुरु गरेको छ।

ताजा समाचार

थप समाचार