spot_img

वृन्दावनका दुई घरमा सुरुङ खनेर १२ लाख बराबरको धनमाल चोरी

spot_img
spot_img

रौतहट,३० कातिक । रौतहटको वृन्दावन नगरपालिका–१ बलेरीमा शनिबार राति चोर समूहले सुरुङको माध्यमबाट एकै रात दुई घरमा प्रवेश गरी करिब १२ लाख रुपैयाँ बराबरका धनमाल लुटपाट गरेका छन्।

वडाध्यक्ष रामनाथ सहनीका अनुसार चोरहरू पहिलो क्रममा ब्रह्मदेव चौधरीको घर लक्षित गर्दै भित्ताबाटै सुरुङ खनेर भित्र प्रवेश गरेका थिए। उनीहरूले करिब ७ लाख मूल्यका सुन–चाँदीका गरगहना, ८० हजार रुपैयाँ नगद र घरमा रहेको महत्त्वपूर्ण कागजात समेत लिएर फरार भएका छन्।

चोर समूहले त्यसपछि छिमेकी दुखा राउत कुर्मीको घरमा पनि उस्तै शैली अपनाउँदै सुरुङबाटै प्रवेश गरेको प्रहरी अनुसन्धानले देखाएको छ। कुर्मीको घरबाट करिब ४ लाख बराबरका गरगहना, ६ हजार नगद, मोबाइल फोन र कागजात चोरी भएको वडाध्यक्ष सहनीले जानकारी दिए।

पीडित परिवारका सदस्यहरू घटनाको बेला गहिरो निद्रामा रहेकाले चोरहरू सहजै घर भित्र छिरेको बताइएको छ। चौधरीका अनुसार चोरीपछि चोरहरूले घरका केही लत्ता–कपडा समेत खेततर्फ फालिदिएका थिए।

लगातार हुने चोरी घटनाले स्थानीय बलेरीवासीहरू त्रसित रहेको भन्दै उनीहरूले तत्काल सुरक्षा व्यवस्थामा कडाइ गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। सो घटनाबारे इलाका प्रहरी कार्यालय गरुडाले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय