बीरगन्ज,३० कातिक । नेपाली सेनाले पर्सागढीमा आयोजना गरेको ‘बृहत् स्वास्थ्य शिविर–२०८२’ सफल बनाउन प्रभु अस्पतालले विशेष भूमिका निर्वाह गरेको छ। स्थानीय समुदायलाई लक्ष्य गर्दै सञ्चालन गरिएको उक्त स्वास्थ्य शिविरमा विभिन्न विशेषज्ञ चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको टोलीसहित प्रभु अस्पतालले सक्रिय रूपमा सेवा प्रदान गरेको थियो।
शिविरमा सर्वसाधारणले बहुविशेषज्ञ परामर्श, स्वास्थ्य परीक्षण, औषधि वितरणदेखि आवश्यक पर्ने उपचारपरामर्श निःशुल्क रूपमा प्राप्त गरे। नेपाली सेनाको सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको यो कार्यक्रमले स्थानीय स्तरमा स्वास्थ्य सेवाको पहुँच अझ सुदृढ भएको आयोजकहरूको भनाइ छ।
प्रभु अस्पतालले भविष्यमा पनि समुदायमुखी स्वास्थ्य सेवामा साथ–सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको छ।



