Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

प्रहरी जवान हत्या प्रकरण: ४ जना आरोपी पुर्पक्षका लागि थुनामा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,३० कातिक । जिल्ला अदालत काठमाडौँले महाराजगञ्जमा प्रहरी जवान उत्तम थापा हत्या प्रकरणका ४ जना आरोपीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

आदेशअनुसार २२ वर्षीय सोम गुरुङ (गोर्खा), २१ वर्षीय राजीव गुरुङ (तनहुँ), २० वर्षीय युनिक श्रेष्ठ (पर्सा) र १९ वर्षीय विनोद कार्की (सिन्धुली)लाई पुर्पक्षका लागि कारागार पठाइने भएको छ।

गत भदौ २३–२४ गते भएको जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट असई मिलन राय र जवान उत्तम थापाले ज्यान गुमाएका थिए। प्रहरी अनुसन्धान अनुसार, यसअघि पनि यस घटनामा संलग्न अन्य ४ जना (युवराज क्याप्छाकी, सोनाम तामाङ/बुद्धिलाल थिङ, होम प्रसाद पौडेल, टिकाराम बिक) पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।

प्रहरी अनुसन्धानले मृतक जवान थापाको हत्यामा क्याप्छाकी र थिङ संलग्न रहेको पत्ता लगाएको थियो भने असई रायको हत्या पौडेल र विकले गरेको पुष्टि भएको थियो।

जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदनको आधारमा मुद्दा दर्ता गरेको थियो।

ताजा समाचार

थप समाचार