spot_img

ओलीले वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार नरहेको दाबी

spot_img
spot_img

काठमाडौँ,३० कातिक । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै यसले निर्वाचन गराउन कोही अधिकार नरहेको बताएका छन्।

आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीसँगको भेटमा ओलीले भने, “देशको सबैभन्दा ठुलो र मजबुत पार्टी एमाले निर्वाचनबाट कहिल्यै नभाग्ने छ। तर यत्रो हतियार बाहिर, कैदीबन्दी फरार अवस्थामा रहेको अहिलेको सरकारसँग निर्वाचन गराउने हक छैन।”

उनले वर्तमान सरकारलाई अनधिकृत र अनुभवविहीन ठहराउँदै विघटित प्रतिनिधि सभा तत्काल पुनःस्थापनाको माग अघि बढाउन सबैमा जोड दिएका छन्। ओलीले मिडियालाई पनि देशप्रतिको माया देखाउँदै यस विषयमा स्पष्ट समाचार र सम्पादकीय प्रकाशन गर्न अनुरोध गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय