Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

निर्वाचन आयोगले मतदाता नामावली...

काठमाडौं,२२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउन मंसिर २६ गतेभित्र...

वामदेव गौतमद्वारा फागुन २१...

ललितपुर,२२ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागुन २१ गते...

आन्तरिक राजस्व कार्यालय स्थापनाको...

जनकपुर,२२ मंसिर । राजविराजमा करदाता सेवा कार्यालय खारेज गर्ने सरकारी निर्णयको विरोधमा स्थानीय...

गठबन्धन आगामी निर्वाचनसम्म कायम...

रौतहट,२२ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी निर्वाचनसम्म मधेश प्रदेशको...
spot_imgspot_imgspot_img
7.1 C
Kathmandu
14.4 C
Birgunj
spot_img

खानेपानी डिभिजन कार्यालय बाराका पूर्व निमित्त प्रमुखसहित ४ जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,०१ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, डिभिजन नम्बर ४ कलैया, बाराका दुई जना कर्मचारी र २ जना संचारकर्मी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बारा कलैयाका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरी प्रसाद यादव, लेखापाल प्रदिप दास, संंचारकर्मी निसान्त सिग्देल र सन्तोषराज खरेल सहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७९र०८० मा बारा जिल्लाका २३ वटा निर्माण परियोजनाका लागि आह्वान गरिएको बोलपत्रको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन नगरी मिलेमतोमा ठेक्का प्रक्रियालाई अघि बढाइएको खुलासा भएको हो।

आयोगले यादव, दास, निसान्त सिग्देल ९सान्दर्भिक मिडिया नेटवर्क प्रा।लि।का प्रबन्धक० र सन्तोषराज खरेल ९प्रभाव दैनिकका बजार प्रबन्धक० ले आपसी मिलेमतोमा बोलपत्र सूचना लुकाएर, कार्यालयलाई हानि पुर्‍याउने र आफूहरूले गैरकानूनी लाभ लिने उद्देश्यले ठगी गरेको निष्कर्ष निकालेको छ।

प्रेस काउन्सिल नेपाल र प्रभाव पब्लिकेसन प्रा।लि।ले प्रमाणित गरेको जानकारीअनुसार मिति २०७९ फागुन २१ गतेको ‘प्रभाव दैनिक’ पत्रिकाको कुनै पनि पृष्ठमा खानेपानी डिभिजन कार्यालयका २३ वटा बोलपत्र सम्बन्धी सूचना प्रकाशित नभएको पुष्टि भएको आयोगले जनाएको छ। यसैलाई आधार बनाउँदै उनीहरूले ‘प्रभाव दैनिक’ को एक मात्र प्रति अभिलेखका लागि कार्यालयमा पेश गरेको र झुट्टा बिल–भरपाईका कागजात तयार पारिएको पाइएको आयोगले बताएको छ।

झुट्टा कागजातका आधारमा सान्दर्भिक मिडिया नेटवर्क प्रा।लि।लाई रु। ३,१६,५७० ९अग्रीम कर बाहेक० भुक्तानी गरिएको र सो कम्पनीको बैंक खाताबाट रकममध्ये रु। ५०,००० प्रभाव दैनिकका बजार प्रबन्धक सन्तोषराज खरेल ले निकालेको समेत अनुसन्धानमा खुलेको छ।

आयोगका अनुसार, उनीहरूको यो गतिविधि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८९१० ङ बमोजिमको कसूरमा परेकाले विशेष अदालतमा बिगो असुल तथा कानूनी सजायको मागदाबीसहित मुद्दा दायर गरिएको हो।

ताजा समाचार

थप समाचार