spot_img

कांग्रेस केन्द्रीय समिति बैठक फेरि स्थगित, अब ४ गते बस्ने

spot_img
spot_img

काठमाडौं,०१ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आजका लागि तय गरिएको बैठक पुनः स्थगित गरिएको छ। पार्टीले अब आगामी मंसिर ४ गते बिहीबार दिउँसो २ बजे नयाँ मितिमा बैठक बोलाएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचना अनुसार बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने भनिएको बैठक आन्तरिक कारणले सरेको हो। नयाँ मितिमा बस्ने बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातवटै प्रदेश सभापतिहरूलाई उपस्थित हुन आग्रह गरिएको छ।

पार्टीभित्र नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा बढ्दो बहस बीच केन्द्रीय समितिको बैठक असोज २८ गतेदेखि निरन्तरता पाउँदै आएको छ। तर टुंगोमा पुग्न नसकिरहेको कांग्रेस नेतृत्वले यसपटक पनि निर्णय प्रक्रियामा ढिलाइ गरेको देखिन्छ।

महाधिवेशन सम्बन्धी विवाद समाधानका लागि बैठक निर्णायक हुने अपेक्षा राखिएको छ। पार्टीका नेताहरूले यसअघि आन्तरिक एकता र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर निष्कर्षमा पुग्न नेतृत्वलाई दबाव दिइरहेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय