जनकपुर,०१ मंसिर । मधेश प्रदेशमा एमाले नेतृत्वमा गठन गरिएको सरकारलाई ‘असंवैधानिक’ भन्दै आन्दोलित सात दलको विरोध कार्यक्रम सोमबार आठौँ दिनमा पनि जारी रह्यो।
मधेश भवनअगाडि नेतादेखि कार्यकर्ता सम्मको उपस्थिति रहँदै उनीहरूले सर्वोच्च अदालतमा सोमबार हुने रिटको सुनुवाइप्रति विशेष ध्यान दिएको बताए।
जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवका अनुसार अदालतको निर्णय आउने अपेक्षासहित उनीहरू शांतिपूर्ण धर्नामा बसेका हुन्। उनका भनाइमा, “सर्वोच्च अदालतको फैसला नै मधेश प्रदेशको राजनीतिक दिशानिर्देश बन्ने भएकाले हामी शान्तिपूर्ण रूपमा प्रतिक्षामा छौँ।”
सातै दलले मुख्यमन्त्री नियुक्ति प्रक्रियालाई संविधानविपरीत भएको दाबी गर्दै निरन्तर धर्ना तथा प्रतिकार कार्यक्रम चालािरहेका छन्।




