spot_img

पर्सामा ‘१००’ प्रति जनचेतना कमजोर : एसपी पाठक, “एसपीको नम्बर सबैलाई, तर १०० थाहा छैन”

spot_img
spot_img

बीरगन्ज,०१ मंसिर । पर्सामा प्रहरीको आपतकालीन नम्बर ‘१००’ बारे जनचेतना अत्यन्त कमजोर रहेको तथ्य स्वयं जिल्लाका प्रहरी प्रमुख एसपी सुदिपराज पाठकले सार्वजनिक गरेका छन्।

सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा सोमबार बीरगन्जमा आयोजित कार्यक्रममा बोल्दै एसपी पाठकले “धेरैलाई एसपीको निजी नम्बर थाहा हुन्छ, तर १०० नम्बर थाहा नहुने” गलत अभ्यास बढिरहेको भन्दै चिन्ता व्यक्त गरे।

उनका अनुसार आपतकालीन अवस्थामा सबैले पहिलो प्राथमिकतामा ‘१००’ मा फोन गर्नुपर्ने भए पनि सर्वसाधारण विशेषगरी विद्यार्थीहरू यसबारे स्पष्ट नहुँदा प्रहरी–नागरिक समन्वयमा समस्या देखिएको छ।

उन्होंने भने, “१०० नम्बर कहिल्यै व्यस्त हुँदैन। समस्या परे तुरुन्तै फोन गर्नुहोस्। एसपीको निजी नम्बर खोज्ने होइन, सबैभन्दा पहिले १०० मा सम्पर्क गर्नुपर्छ।”

कार्यक्रममा एसपी पाठकले महिला तथा विद्यार्थीहरूले भोग्ने संवेदनशील समस्यामा प्रहरी विशेष रूपले गम्भीर रहेको बताउँदै कसैले धम्की दिएमा वा दुःख दिएमा ढुक्क भई प्रहरीसँग सम्पर्क गर्न आग्रह गरे।

उनको भनाइमा १०० नम्बरप्रति बेवास्ता हुनु नै स्थानीय तहमा सुरक्षा सचेतनामाझ अझै ठूलो खाडल रहेको संकेत हो, जसले जनस्तरसम्म पहुँच बढ़ाउने कार्यक्रम विस्तारको आवश्यकता देखाएको छ।

एसपी पाठकले पर्सामा आपतकालीन नम्बरबारे स्पष्ट जानकारी नहुनु सुरक्षा व्यवस्थाका लागि चिन्ताजनक भएको टिप्पणी गर्दै ‘१००’ लाई प्रभावकारी रूपमा प्रयोग गर्न सबैलाई अनुरोध गरे।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय