Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी...

नक्कली शैक्षिक प्रमाणपत्र बुझाएर...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण...
spot_imgspot_imgspot_img
20.1 C
Kathmandu
24.5 C
Birgunj
spot_img

निसन्तान दम्पतीकाे आशास्थल तास्केश्वर नाथ जीनाथ बाबा मेला धुमधामसहित सुरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,०१ मंसिर । निसन्तान दम्पतिलाई सन्तान प्राप्ति हुने आस्थाको केन्द्रका रूपमा चिनिने बारा प्रसौनी गाउँपालिका–५ स्थित तास्केश्वर नाथ जीनाथ बाबाको मेला यस वर्ष पनि धुमधामका साथ सुरु भएको छ। मेलाको उद्घाटन बारा जिल्ला क्षेत्र नम्बर ४ ‘ख’ का नेपाली कांग्रेसका सभापति लोकेश सिंहले विधिपूर्वक पूजापाठ गरी गरे।

उद्घाटन समारोहमा मन्दिरका पुजारी धनलाल ठाकुर, बारा जिल्लाका प्रहरी निरीक्षक खेम नेपाल, गण्डक इलाका प्रहरी कार्यालयका राजकिशोर यादव, समाजसेवी बिरेन्द्र शाह, रमेश शाह, बिष्किश्वर साह लगायतको उपस्थिति रहेको थियो। मंसिर १ र २ गतेसम्म लाग्ने यस मेलाको मुख्य आकर्षण भनेकै सन्तान प्राप्तिको सुखद अनुभूति पाएका दम्पतीहरूले भाकल पूरा गर्ने परम्परा हो। यस वर्ष पनि विभिन्न ठाउँमा २४ घण्टे ८–८ जाम गराएर भक्तजनहरूले आफ्नो भाकल पूरा गरिरहेका छन्।

नेपालका भक्तजन मात्र होइन, भारतका बिहार, उत्तर प्रदेशदेखि अमेरिकामा बसोबास गर्ने भक्तजनसम्म यहाँ दर्शनका लागि आउने गरेको स्थानीयको भनाइ छ। अमेरिकामा बसोबास गर्दै आएका रेणुका शाह र उनका श्रीमान्ले बाबाको प्रसादले सन्तान प्राप्ति भएको विश्वास गर्दै मन्दिरमा ८० किलोको घन्टी र मार्बलको गेट जडान गरी करिब ५ लाख रुपैयाँ बराबरको योगदान दिएका थिए।

मेलामा विभिन्न खेल–तमासा, मनोरञ्जनका स्टल तथा बालबालिकाका लागि झुलुवालगायत आकर्षक व्यवस्थाहरू गरिएको मेला समितिका अध्यक्ष केदार साहले जानकारी दिए। जीनाथ बाबाको मेलामा सहभागी भएर दर्शन गर्ने भक्तजनको भाकल पूरा हुन्छ भन्ने जनविश्वास वर्षौँदेखि निरन्तर रहँदै आएको छ।

ताजा समाचार

थप समाचार