spot_img

कलैयामा १४औँ राष्ट्रिय कर दिवस सम्पन्न, ‘शिव पार्वती एग्रो’ उत्कृष्ट करदाताको रूपमा सम्मानित

spot_img
spot_img

कलैया,०१ मंसिर । करदाता सेवा कार्यालय कलैयाले सोमबार १४औँ राष्ट्रिय कर दिवस विभिन्न कार्यक्रमसहित धुमधामपूर्वक मनाएको छ। करप्रति जनचेतना अभिवृद्धि र कर प्रणालीलाई आधुनिक तथा पारदर्शी बनाउने उद्देश्यसहित आयोजित समारोहमा स्थानीय उद्योगी–व्यापारी, करदाता, कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यालय प्रमुख अन्जु कुमारी कर्णले डिजिटल कर प्रणाली, सेवा सुधार र विस्तारका फाइदाबारे जानकारी दिँदै नियमितरूपमा कर तिर्ने करदातालाई सम्मान प्रदान गरिएको जानकारी दिइन्। उनले कर शिक्षा कार्यक्रमलाई विद्यालय, उद्योग–व्यवसाय र समुदायसम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

यस वर्षको उत्कृष्ट करदाता श्री शिव पार्वती एग्रो प्रा.लि., प्रसौनी–४ लाई सम्मानपत्रसहित सम्मान गरिएको नासु रमेश प्रसाद कुर्मीले जानकारी दिए।

उद्योग वाणिज्य संघ बाराका अध्यक्ष राजकुमार साहले करदातालाई सहज सेवा उपलब्ध गराउन कार्यालय कलैयाले निरन्तर सेवा दिनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा कर प्रणालीप्रति जागरुकता, करदाताका दायित्व र अधिकारबारे पनि जानकारी गराइएको थियो।

करदाता सेवा कार्यालयले अबदेखि हरेक वर्ष कर दिवसलाई संस्थागत गर्दै अझ प्रभावकारी र जनमुखी कार्यक्रमसहित मनाउने प्रतिबद्धता जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय