Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

प्रधानमन्त्री कार्कीविरुद्ध सर्वोच्चमा अदालत अवहेलनासम्बन्धी मुद्दा दर्ता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०१ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको छ।

अधिवक्ता प्रेम सिलवालले दायर गरेको मुद्दामा प्रधानमन्त्री कार्कीविरुद्ध राजदूत फिर्ता बोलाउने सम्बन्धमा सर्वोच्चले जारी गरेको आदेश पालना नगरेको आरोप लगाइएको छ। अदालतले यसअघि गत कात्तिक १६ गते ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको थियो।

हालको सरकारले अघिल्लो सरकारको पालामा नियुक्त ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गत असोज ३० गते गरेको थियो। तर, अदालतको आदेशको भोलिपल्टै सरकारले राजदूतलाई फिर्ता बोलाएर परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, मुद्दाको सुनुवाइ मङ्सिर ७ गते तोकिएको छ। अधिवक्ता सिलवालले अदालतको सम्मान र कानुनी शासन सुनिश्चित गर्न मुद्दा दायर गरिएको बताए।

ताजा समाचार

थप समाचार