Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025
Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

एमाले अजम्बरी रहेको ...

काठमाडौं,२६ मंसिर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै रहेको र...

एमालेमा फर्किएका विश्वमणिसहित महाधिवेशन...

काठमाडौं,२७ मंसिर – नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदै गर्दा पार्टीले...

देउवा, प्रचण्ड, माधव र...

काठमाडौं,२७ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा नेपाल० का अध्यक्ष कमल थापा नेकपा...

रौतहट–१ मा रञ्जित पटेलको...

रौतहट, २६ मंसिर – रौतहट निर्वाचन क्षेत्र नं. १ यमुनामाई गाउँपालिका–१ जेठरहिया निवासी...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
16.1 C
Birgunj
spot_img

मधेसमा मुख्यमन्त्री बर्खास्तीको मागसहित सात दलको धर्ना आज पनि जारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०२ मंसिर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई पदबाट हटाउन माग गर्दै सात राजनीतिक दलले जनकपुरधाममा सुरु गरेको धर्ना दोस्रो सातामा प्रवेश गरेको छ। मंगलबारसम्म धर्ना लगातार नौ दिन पुगेको छ।

नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा नेपाल, नेकपा (एस) र नागरिक उन्मुक्ति पार्टी समावेश सातदलीय गठबन्धनले मधेस भवन अगाडिको सडक क्षेत्रमा निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ।

गठबन्धनका दलहरूले मुख्यमन्त्री यादवले प्रदेशको राजनीतिक मर्यादा, सहकार्य भावना र संविधानसम्मत कार्यप्रणालीविपरीत कदम चालेको आरोप लगाउँदै तत्काल बर्खास्तीको माग अघि सारेका छन्। माग पूरा नभएसम्म चरणबद्ध आन्दोलन जारी रहने उनीहरूको चेतावनी छ।

धर्नाका कारण मधेस भवन परिसरकै सुरक्षामा कडाइ गरिएको छ। सुरक्षा सुदृढीकरणसँगै सो क्षेत्रका सडकहरूमा यातायात आवागमन समेत प्रभावित बनेको छ।

ताजा समाचार

थप समाचार