spot_img

राष्ट्रिय पञ्जिकरण विभागको वेबसाइट ह्याक, डेटा सुरक्षित रहेको दाबी

spot_img
spot_img

काठमाडौ,०२ मंसिर । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट सोमबार ह्याक भएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक भएको पुष्टि गर्दै पुनःस्थापना (रिकभरी) को काम जारी रहेको जानकारी दिएका छन्।

काफ्लेले वेबसाइटमा रहेका संवेदनशील डाटाहरू सुरक्षित रहेको प्रारम्भिक आकलन भएको बताए। “साइट ह्याक भएको हो, तर डाटा सुरक्षित रहेको बुझिएको छ,” उनले  भने।

ह्याक भएपछि अहिले वेबसाइट पूर्ण रूपमा बन्द छ। कसले, कहाँबाट र किन ह्याक गर्‍यो भन्नेबारे अनुसन्धान चलिरहेको प्रवक्ता काफ्लेले बताए।

ह्याक भएको केही समयपछि वेबसाइट खोल्दा दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र रिहा गर्न माग गरिएको सूचनाजस्तै सामग्री देखिएको थियो, तर अहिले त्यो हटाइएको विभागले जनाएको छ।

हालै निर्वाचन आयोगले मतदाता नामावली संकलनमा राष्ट्रिय परिचयपत्रको विवरण जोड्ने प्रक्रिया सञ्चालन गरिरहेको थियो। तर ह्याक गरिएको वेबसाइटमा परिचयपत्रका कुनै व्यक्तिगत विवरण नभएको विभागका एक कर्मचारीले बताए।
उनका अनुसार सो साइटमा सामान्य सूचना र कागजात मात्र रहेका छन्, र ती सबै सुरक्षित छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय