Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

निर्वाचन आयोगले मतदाता नामावली...

काठमाडौं,२२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउन मंसिर २६ गतेभित्र...

वामदेव गौतमद्वारा फागुन २१...

ललितपुर,२२ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागुन २१ गते...

आन्तरिक राजस्व कार्यालय स्थापनाको...

जनकपुर,२२ मंसिर । राजविराजमा करदाता सेवा कार्यालय खारेज गर्ने सरकारी निर्णयको विरोधमा स्थानीय...

गठबन्धन आगामी निर्वाचनसम्म कायम...

रौतहट,२२ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी निर्वाचनसम्म मधेश प्रदेशको...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
15.4 C
Birgunj
spot_img

२४ भदौको विध्वंस सुनियोजित र प्रतिगामी: पूर्वराष्ट्रपति डा. रामवरण यादव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०२ मंसिर । पूर्वराष्ट्रपति डा. रामवरण यादवले जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको विध्वंस प्रतिगामी र सुनियोजित रहेको बताएका छन् । जेनजी आन्दोलनपछिका समग्र घटनाहरूलाई स्तवन्त्र तबरले नियाली रहेका यादवले यो घटना नेताहरूको कमजोरीकै कारण भएको उल्लेख गरेका छन् ।

‘२४ भदौको घटना नेताहरूको कमजोरीले गर्दा भएको हो । २३ भदौमा १९ जना युवाको ज्यान गयो । त्यो दिन घुसपैठ भयो भनिरहेका छन् । राज्य चलाउनेहरूलाई घुसपैठ भएको थाहा हुनुपर्थ्यो,’ विस्तृत अन्तर्वार्तामा पूर्वराष्ट्रपति डा. यादवले भने, ‘सूचना राखेको देखिएन, जेनजीको आन्दोलनलाई हल्का ढंगले लिएको देखियो । यो त्यतिबेला सरकारमा बसेका एमाले र कांग्रेसका नेताहरूको कमजोरी हो ।’

उनले जेनजी युवाहरूले सुशासन, रोजगारी, बेथितिको अन्त्य, सामाजिक सञ्जाल खुलाउने जस्ता मागहरू गरेको र ती माग जायज रहेको उल्लेख गरे । उनले जेनजीले अहिले पनि यो संविधान मार्फतै निकास निकाल्नुपर्छ भनिरहेको र यो कुरा सही रहेको उल्लेख गरे ।

‘दोस्रो दिनको विध्वंसमा आफ्नै सम्पत्ति, राष्ट्रिय धरोहरलाई जसरी आक्रमण भयो, त्यो प्रतिगामी डिजाइन थियो । नेपालीले नै गरे पनि त्यो प्रतिगामी काम नै हो,’ उनले भने,’ २४ भदौको घटना सुनियोजित जस्तो देखियो । त्यसप्रति राज्य बेखबर भयो । त्यसमा राज्य चलाउनेको पूरापुर दोष छ ।’ पूर्वराष्ट्रपति यादवसँगको विस्तृत अन्तर्वार्ता आज प्रकाशित हुनेछ ।

ताजा समाचार

थप समाचार